सिरहाका सन्तोषले जिते बीबीसी मास्टरसेफको उपाधि

काठमाडौं । सिरहाको कर्जन्हा घर भएका सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । उनले फाइनलमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् ।

फाइनलमा साहसँगै फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र जेमी पार्क थिए । उनीहरुले बिभिन्न परिकारहरु प्रस्तुत गरेका थिए ।

सन्तोषले बिभिन्न १८ प्रकारका नेपाली भेगन खाना पकाएर देखाएका थिए । उनले भात, मासको दाल, गोलभेंडाको चटनी, पोलेको कटहर, मालपुवा, बुनिया लगायतका परिकार पकाएर पस्किएका थिए ।

एकजना निर्णायकले सन्तोषले तयार पारेका परिकारको तारिफ गर्दै एकपटक आफूलाई नेपाल घुमाउन आग्रह गरेकी थिइन् ।

विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ गएराति बीबीसी वानमा प्रसारण भएको थियो ।

१३,पुष.२०७८,मंगलवार ०८:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्