काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदै

5.77K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।

प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

समूहका संयोजक र ठाउँहरू

समूह १. ज्येष्ठ क्युनिस्ट मञ्च– एमके प्रसाईं (संयोजक), ठाउँ मञ्च अगाडि ।

समूह २ र ३. सल्लाहकार परिषद– नन्दकुमार थापा (संयोजक), मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईवटा ।

समूह ४ र ५. प्रदेश १ का प्रतिनिधि– हर्क नेम्वाङ (संयोजक), ठाउँ भानुभक्त हल ।

समूह ६ र ७. प्रदेश २ का प्रतिनिधि– गणेश साह (संयोजक), पारिजात हल, यो पनि दुई भागमा

समूह ८ र ९. लुम्बिनी प्रदेशका प्रतिनिधि– चक्रपाणि खनाल (संयोजक), सिद्विचरण हल, पुस्तकालयनेर

समूह १० र ११. गण्डकी प्रदेशका प्रतिनिधि– गायत्री गुरूङ (संयोजक), पेरिसडाँडाको माथिल्लो हल

समूह १२. प्रवास समितिका प्रतिनिधि– लक्ष्मण पन्त (संयोजक), पेरिसडाँडा मजदुर हल

समूह १३ र १४. कर्णाली प्रदेशका प्रतिनिधि– विमला केसी (संयोजक), एनवान पार्टी प्यालेस, बानेश्वर, दुइवटा हलमा ।

समूह १५ र १६. सुदूरपश्चिम प्रदेशका प्रतिनिधि– खगराज भट्ट (संयोजक), एवान पार्टी प्यालेस, अर्को हल

समूह १७ र १८. केन्द्रीय विभागका प्रतिनिधि– मायाप्रसाद शर्मा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर,

समूह १९. विशेष प्रदेशका प्रतिनिधि– जगत सिंखडा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर

समूह २० र २१. सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि– श्रीकृष्ण अधिकारी (संयोजक), क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार

समूह २२ र २३. बागमती प्रदेशका प्रतिनिधि– सरल सहयात्री (संयोजक), काठमाडौं ब्याकेट

समूह २४. सम्पूर्ण आयोगका प्रतिनिधि– विष्णुविकास श्रेष्ठ (संयोजक), काठमाडौ व्यांकेटम

समूह २५. जबस, मोर्चाका इन्चार्जहरू, एकता प्रक्रियामा आएकाहरू– अमृता थापा (संयोजक), काठमाडौं ब्याकेटम

IME
khanepani