काठमाडौ । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हाे । बैंकले सभा तथा लाभांश प्रयोजनार्थ १४ देखि २८ पुससम्म बुक क्लोज गर्दैछ । यसअनुसार नेप्सेमा आजसम्म कायम रहेका सेयरधनीले मात्र बैंकको सभामा सहभागिता जनाउन तथा लाभांश सुरक्षित गर्न सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न २८ पुसमा १६औं वार्षिक सधारणसभा आह्वान गरेको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्ने-गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७७-७८ को नाफा-नोक्सान, वासलात र नगद प्रवाहमाथि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८-७९ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्