काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने

4.13K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्बिने भएको उनको भनाइ छ ।

‘साथीहरूले प्रतिवेदनमा छलफल गर्न माग गर्नुभएकाे छ । १६ गतेसम्म सक्न काेशिस गर्ने नभए १७ गतेसम्म लम्ब्याउने विषयमा छलफल भएको छ’ मंगलबार स्थायी कमिटीको बैठकपछि नेता श्रेष्ठले भने ।

माओवादीको महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

khanepani