बुटवल। वर्षासँगै चिसो बढेपछि बुटवलका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएका छन् ।
उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चीसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी नगर कार्यपालिकाको वैठकले जाडो बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए । बुटवलमा सामुदायिक ३८ र संस्थागत(निजी) ५८ विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्