काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारीले दिइन् महिला भलिबल टिमलाई बधाई

5.9K
shares
khanepani bord

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी छिन् ।

बुधबार सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने काम गरेको भन्दै राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी हुन् ।

मंगलबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई।’

साथै उनले सो टोलीलाई भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना पनि व्यक्त गरेकी छिन् ।

IME
khanepani