काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

4.41K
shares
khanepani bord

काठमाडौं । एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।

बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो । ‘कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न सकिएको छैन, तर हाम्रो सबै सिस्टम ठीक छ’ बैंकका कामु सीईओ अनुजमणि तिमल्सिनाले भने, ‘धम्की आइसकेपछि हामी अलर्ट बस्नै पर्‍यो, अहिले भने सबै ठीक देखिएकाले अब सिस्टम अन गर्छौं ।’

कामु सीईओ तिमल्सिनाका अनुसार बिहीबार साँझ नै सिष्टम सञ्चालनमा ल्याउने तयारी छ । धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

khanepani