माओवादी स्थायी समिति बैठक सकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ ।

जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि २५ वटा समूहको रिपोर्टिङ सकिएसँगै बिहीबार कमलादीस्थित प्रज्ञाभनवमा बसकेको स्थायी कमिटी बैठक सकिएको हो ।

बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो ।

‘समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको छ’ एक स्थायी समिति सदस्यले भने । समूहगत छलफल बिहीबार सकिएको छ र भोलि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

स्थायी समितिको बैठक भोलि बिहान ११ बजे पुन बस्ने छ ।

नेता वर्षमान पुन नेतृत्वको केन्द्रीय सदस्यमा समूहगत प्रतिनिधित्व गराउने बारे अध्ययन गर्न गठित समूहको सुझावबारे भोलि छलफल हुने उनले बताए ।

१५,पुष.२०७८,बिहीबार १९:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्