नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शुक्रबारको बन्दसत्र सुरु भएको छ ।

प्रज्ञाभवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासाहरुको जवाफ दिने छन् ।

बन्दसत्रमा दिने जवाफबारे छलफल गर्न माओवादी स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिएलगत्तै बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

बन्दसत्रमा अहिले निर्वाचन आयोगको तर्फबाट प्रस्तुती सुरु भएको छ ।

१६,पुष.२०७८,शुक्रबार १३:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्