
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा व्यापक परिर्माजन गर्नुपर्ने नदेखेको बताएका छन् । तर आएका सुझावहरुलाई समट्ने बताए ।
प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले सबैले प्रतिवेदनको मुल स्प्रिट सही छ भनेको बताए । उनले अघि भने, ‘म तपाईँरुलाई के विस्वास दिलाउन चाहन्छु भने यो सिङै हलको साझा प्रतिवेदन भयो । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन, तर सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ ।’
हलमा प्रस्तुत गर्दा समेत प्रतिवेदन सबैलाई नबाँड्नुको कारण पनि खुलाए । हलमा प्रस्तुत नहुँदै बाहिर नजानओस् भनेर मात्र त्यसो गरिएको भन्दै उनले भने, ‘आगामी दिनमा गोपनियता पनि कायम गर्ने र यहाँहरुले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।’
प्रतिक्रिया दिनुहोस्