राष्ट्रिय सभा निर्वाचनको लागि एमाले सुदूरपश्चिमले गर्‍यो ९ जनाको नाम सिफारिस

कैलाली । राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार खुल्लाबाट तीन जना, महिलाबाट तीन जना र दलितबाट पनि तीन जनाको नाम सिफारिस भएको हो ।

खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको हो । त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लाली राम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन् । महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द,कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन् ।

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएको छ । कार्यकाल पुरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट काँग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुने छ ।

१७,पुष.२०७८,शनिबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्