काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

माओवादी विधान अनुमाेदन, ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी कोटाबाट केन्द्रीय समिति बनाइने

4.5K
shares
khanepani bord

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संशोधित विधान महाधिवेशन हलबाट अनुमोदन भएको छ। संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ स्थायी समिति सदस्य देव गुङले दिएपछि विधानमा केही परिमार्जनसहित अनुमोदन भएको हाे।

अनुमोदित विधान अनुसार केन्द्रीय समिति सदस्य ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी कोटा प्रणालीबाट बनाउने व्यवस्था गरिएको केन्द्रीय सदस्य युवराज दुलालले बताए। यसअघि १५ जना पदाधिकारी बनाउने भनिएकोमा अहिले त्यो संख्या नतोक्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

पदाधिकारी संख्या बढाउने अधिकार महाधिवेशन हलले केन्द्रीय समितिलाई दिएको छ । त्यस्तै केन्द्रीय सदस्य मानोनित गर्ने प्रतिशतलाई १० बाट १५ मा पुर्याइएको छ । केन्द्रीय समिति भने २९९ जनाको नै हुने छ।

त्यस्तै महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय समितिले पोलिट्व्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।

IME
khanepani