नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु, १४ खेलाडीमात्र उपस्थित

काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् ।

२० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।

१९,पुष.२०७८,सोमबार ११:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्