
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलित विद्यार्थी संगठनहरुबीच ४ बुँदे सहमति भएको छ ।
त्रिवि सभाले गत मंसिर १४ गते करारमा रहेका प्राध्यापकबीच आन्तरिक खुला प्रतियोगिता गरी पदपूर्ति गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।
अहिले त्रिवि वार्ता समिति र विद्यार्थी संगठनहरुबीच त्रिवि सभाले गरेको निर्णय हाललाई कार्यन्वयन नगर्ने, त्रिविमा रिक्त रहेका दरबन्दीहरु समावेशी सिद्धान्तको आधारमा प्रत्येक ६ महिनामा विज्ञापन गरी पूर्ति गर्ने लगायतका बुँदा रहेका छन् ।
आन्दोलनरत विद्यार्थी संगठनहरुद्वारा त्रिवि केन्द्रिय कार्यलयमा लगाईएको सम्पूर्ण तालाहरु खोली आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रदिप भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्