सुनकाे मूल्य ताेलामा ९०० ले घट्याे, यस्ताे छ आजकाे बजार भाउ

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य ९०० ले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ

यो पनि पढ्नुहोस  सर्वोच्च प्रशासनले कानून व्यवसायीलाई भन्यो,- 'अब अदालत परिसरमा नाराबाजी होस बन्द'
२०,पुष.२०७८,मंगलवार ११:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: