काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

स्काउटमा भण्डारीलाई काम गर्न बाटो खुल्यो, नयाँ नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

5.01K
shares
khanepani bord

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिमा नयाँ पदाधिकारी नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लोकबहादुर भण्डारीलाई हटाएर रविन दाहाललाई राष्ट्रिय संयोजक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मंगलबार भएको सुनुवाइपछि भण्डारी नेतृत्वको तदर्थ समितिले अन्तिम फैसला नभएसम्म कामकाज गर्न पाउने बाटो खुलेको छ । यसअघि भण्डारीले अन्तरकालीन अन्तरिम आदेशमार्फत काम सुरू गरिसकेका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट केपी ओली सरकारले नियुक्त गरेको भण्डारीलाई पदमुक्त गरी रविन दाहालको नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए ।

समितिको सहसंयोजकमा राजिव खत्रीसहित माओवादी र कांग्रेस समर्थितलाई नियुक्त गरेका थिए । सो निर्णय गैरकानूनी भएको भन्दै भण्डारी सर्वोच्च अदालत गएका थिए ।

अदालतले त्यसबेला अल्पकालीन अन्तरिम आदेश जारी गरी निर्णय यथास्थितिमा राख्नु भनेको थियो । अब अन्तरिम आदेशसँगै भण्डारी नेतृत्वको कार्यसमितिलाई काम गर्न बाटो खुलेको हो ।

IME
khanepani