२९ औँ त्रिवेणी कपकाे फाइनल आज : भगवती टोखा र वीवाईसी भोटेवडार भिड्दै

लमजुङ । लमजुङको सदरमुकाम बेंसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगिताकाे उपाधिका लागि भगवती टोखा काठमाडौँ र बुद्ध युथ क्लब भोडेवडारबीच भिडन्त हुने भएकाे छ ।

त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लवलाई शून्यका विरुद्ध तिन गोलले हराउदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले बताए । जिल्लाकै सर्वाधिक राशीको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताका विजेताले ५ लाख , त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन् । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछन् ।

सेमिफाइनल पुगेका २ टिमलाई नगद ५०-५० हजार दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५-१५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्रिवेणी युवा क्लवको आयोजनामा यहि १२ पुसबाट बेंसीशहरको सहजी खेलमैदानमा सुरु भएको राष्ट्रव्यापी २९औँ त्रिवेणी कप प्रतियोगितामा देशभरमा १८ टिमको सहभागिता रहेको थियो ।

२१,पुष.२०७८,बुधबार ०७:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्