खानेपानीको समस्या क्रमिक रूपमा सुघार गर्न शाखा प्रमुख डा. चापागाई प्रतिबद्ध

केयूकेएलको जावलाखेल शाखामा व्यापक सुधार

काठमाडौं । मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा २ अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य रहेका छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार मानिस मर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

तीव्र जनसंख्या वृद्धि भएसँगै स्वच्छ पिउने पानी वितरणको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्वको जनसंख्या नौ अर्ब पुग्ने पक्षेपण रहेको छ तर स्वच्छ पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्ने पुर्व अनुमान छ । अहिले नै करिब एक अर्ब ८० करोड मानिस मरुभूमीकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जाने देखिन्छ । राजनीतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने बताउन थालेका छन् ।

पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब ३ प्रतिशत पानी मात्र प्रशोधन गरि पिउन योग्य रहेको छ । समुद्रमा रहेको ९७ प्रतिशत पानीलाई पिउनयोग्य बनाउन ठूलो धनराशी लगानीको जरुरत पर्दछ । शुद्ध मानिएको पानीको ३० प्रतिशत भूमिगत रहेको छ, जसलाई उपयोगमा ल्याउन ठुलो ऊर्जा शक्तिको जरुरत पर्दछ । अहिले प्रयोगमा ल्याइएको पानीमध्ये सिंचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत मात्रै भएको पाइन्छ ।

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक मार्च २२ तारिखमा विश्व पानी दिवस मनाइँन्छ । सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र सङ्घको वातावरण र विकाससम्बन्धी सम्मेलनले पानी दिवस मनाउनका लागि सिफारिस गरेअनुसार सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गर्दै आएको छ । तर विश्वभर पानीका स्रोतहरू क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । पानीको महत्वबारे जनचेतना जगाउने र स्रोतको दिगो व्यवस्थापन गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराउन मार्च २२ लाई साताव्यापीरूपमा दिवस मनाउने गरिन्छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा खानेपानीको वितरण,व्यवस्थापन, मर्मत सम्भार र रेखदेखको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले गर्दै आएको छ। काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको धेरै अभाव हुने गरेको छ। काठमाडौं उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर रहेकाले चरम खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय केयुकेएलले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा काठमाडौं उपत्यकामा वर्षौंदेखि खानेपानीको अभाव सिर्जना हुँदै आइराखेको छ।

काठमाडौं उपत्यकामा करिव ४० लाख मानिसहरू बसोबास गर्दै आएको अनुमान छ। यो जनसंख्यालाई दैनिक खानेपानीको माग करिव ४५ करोड लिटर रहेको अनुमान छ। केयुकेएलले दैनिक करिब १२ करोड लिटर पानी मात्रै विभिन्न प्राकृति स्रोत र भूमिगत ड्रिबटयुवेलबाट उपलव्ध गरि वितरण गर्दै आएको छ। १२ करोड लिटर पानी वितरण मध्ये करिव २० प्रतिशत पानी पुराना पाइप संरचनाका कारण चुहावट हुने गरेको छ। वर्षेनी चुहावट बढ्दै गइरहेपनि केयुकेएलले चुवाहट रोक्नको लागि बजेट अभावका कारण प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्न सकेको छैन। जसको कारण उपभोक्ताहरूले खानेपानीको मार खेप्दै आइराखेका छन्।

खानेपानीको वितरण जीर्ण पाइपबाट भइरहेको छ। जसबाट ठूलो मात्रामा पानीको चुवाहट भइराखेको छ। अब जीर्णप्रणालीलाई सुधार्दै वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाउनुपर्ने आवश्यकता देखिन्छ। उपत्यकामा खानेपानीको माग अत्याधिक छ,माग अनुसारको एक तिहाई मात्रै पानी उपलब्ध गराउँदै आइरहेको छ। खानेपानीको राणाकालीन जिर्ण वितरणलाइन, भल्भ, जिर्ण चाँबी, प्रेसर आदि भएकाले पनि चुवाहट दर उच्च छ। त्यसैले खानेपानी व्यवस्थापनमा समस्या रहँदै आएको हो। उपत्यकामा राणाकालिन जीर्ण पाइपलाइन, बिग्रिएका भल्व, प्रेसर र पुरानो चावीकै कारणले चुहावट भइरहेको देखिन्छ। खानेपानीको चुहावट रोकर सहज रुपमा खानेपानीको व्यवस्था गर्न विभिन्न अल्पकालिन र दिर्घकालिन योजना बने पनि प्रयाप्त बजेट नछुटिदा त्यति प्रभावकारी हुन सकेको छैन।मेलम्चीको पानी वितरण गर्ने पाइपलाइन सञ्चालन पछि भने पानी वितरण सहज र मागको आधा वितरण गर्न सक्ने अवस्था बन्ने छ।

अहिले निर्धारित समय र सिमाभित्रै पानी उपलब्ध गराउन समस्या रहि आएको छ। केयुकेएलले पानीको चुहावट रोकेर उपत्यकाबासीलाई समानुपातिक ढंगले खानेपानीको आपूर्ति गर्न मर्मत सम्भारलाई प्राथमिकता दिनुपर्ने अपरिहार्यता छ।

काठमाडौं उपत्यकामा केयुकेएलले करिव २ लाख १८ हजार २ सय ९१ घरघुरीमा पानी उपलब्ध गराउँदै आएको छ। केयूकेएलले अझैपनि समानुपातिक वितरण प्रणालीलाई प्रभावकारी ढंगले अघि बढाउन सकिरहेका छैन। अहिले पुरानो वितरण प्रणाली र मेलम्चीको नयाँ वितरणप्रणालीलाई व्यवस्थित गरेर चुहावट रोक्ने प्रयास गरिरहेको छ ।

केयुकेएल लाउलाखेल शाखाका प्रमुख डाक्टर डोल प्रसाद चापागाई चुहावट रोक्न, बक्यौता उठाउन र कर्मचारीलाई जिम्मेवारी बनाउन लागिपरेका छन् । यो उहाँको र केयूकेएलको एकल प्रयासले मात्र सम्भव देखिदैन। उपत्यकामा ट्यांकरमार्फत दैनिक पाँच करोड लिटर पानी किनबेच हुने गरेको छ । जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ । मेलम्ची खानेपानी उपआयोजनाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने तयारीसाथ मुहानको मर्मत सम्भारको काम धमाधम भइराखेको पनि छ।


केयूकेएलको जाउलाखेल शाखा प्रमुखमा अहिले खानेपानीका क्षेत्रमा विज्ञता हासिल गर्नु भएका अनुभवी,कार्यकुशल, मेहनती, क्षमतावान, जनताका भावना र समस्या बुझ्न सक्ने डा. डोल प्रसाद चापागाई प्रमुख रहनु भएको छ। यस शाखाको कार्यक्षेत्र अरू शाखा भन्दा ठुलो र घनाजनसंख्या रहेको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाको वाड नं १५ पर्दछ। यस क्षेत्रमा पनि माग अनुसार पानी आपूर्ति हुन सकेको पाइदैन। यस शाखामा वर्षादयाम असार देखि कार्तिकमहिनासम्म दैनिक २ करोड ६० लाख लिटर र सुख्खायाम मंसिरदेखि जेठ महिनामा २ करोड लिटर पानी वितरण हुँदै आएको शाखा प्रमुख डा. चापागाईले जानकारी दिनु भएको छ । वर्षातको समयमा विभिन्न खोलानालाको सतह स्रोतबाट दैनिक १ करोड ९० लाख लिटर र भूमिगतबाट ६० लाख लिटर पानी उपलब्ध हुने गरेको छ ।

यस शाखाको कार्यक्षेत्र भित्र २०७८ असोज मसान्त सम्म ४८ हजार १ सय ८९ वटा सार्वजनिक,सरकारी र सर्वसाधारण जनताका निजी धारा रहेका छन। धारा,सेवा प्रवाह जनसंख्या र क्षेत्रफलका हिसावले राजधानीको सबै भन्दा ठूलो शाखा जाउलाखेल शाखा हो । यस शाखाले आफ्नो कार्यक्षेत्र भित्रका जनतालाई उपलव्ध पानीको स्रोत अनुसार दैनिक एक समय दुई देखि तीन घन्टादेखि ठाउँ र पानीको उपलव्धताको स्रोतहेरि सातामा दुईदिन,तीन दिन, पाँच दिन,सातदिन सम्ममा आलोपालो गरि दुई घण्टादेखि तीन घण्टासम्म पानी उपलव्ध गराउदै आएका छन। पानीको स्रोतको कमी,जिर्ण पाइप लाइन,चुहावट, बिग्रिएका भल्व, पुराना चावी, प्रेसर आदि जस्ता व्यापक चुनौतिका बाबजुद पनि जनतालाई पानी वितरणकार्यमा निरन्तर लागि रहेको शाखा प्रमुख डा.चापागाई बताउनु हुन्छ।

यश शाखाले बिग्रेभत्केका र चुहावट भएका पाइपलाइन,भल्व,चावी सुचना पाएको ७२ घण्टा भित्र मर्मत सम्भार गरि सेवाग्राहीलाई पानी वितरण गर्ने व्यवस्था मिलाउदै आएको दावी शाखा प्रमुख डा.चापागाईको छ। उहाँले खानेपानी महसुल बुझाउने व्यवस्था छिटो छरितो हुने गरि मिलाउनु भएको छ। कार्यालयमा महसुल वुझाउने,मिटरको रिडिङ गर्ने धेरै काउन्टरको व्यवस्था मिलाएर ग्राहकमहसुल बुझाउन आएको पाँच देखि दस मिनेट भित्रै सहज ढंगले महसुल तिरेर जान सक्ने सुविधा मिलाएकाले कार्यालय परिसरमा महसुल तिर्ने ग्राहकको भिडभाड घटेको छ।

यसैगरि नयाँधारा जडान,मिटर जडानको काम पनि सबै प्रकृया पूरा भएपछि लाग्ने शुल्क रकम लिएर जडान मिति तत्कालै तोक्ने र उल्लेखित मितिमा प्राविधिक पठाएर धारा र मिटर जोडने काम हुँदै आएको सेवाग्राहीहरूले बताउने गरेका छन्। पानीको महसुल बुझाउने व्यवस्था विभिन्न बैंक र मोवाइल बैकिङ प्रणालीबाट पनि हुने व्यवस्थाको सुरूवात भैसकेको छ। तर पुरानो पुस्ताले प्रविधिको प्रयोग गर्न नसक्दा महसुल बुझाउन शाखामै धाउनुपर्ने बाध्यता रहेको देखिन्छ।

यस शाखाले महसुल बक्यौता रकम उठाउने बारम्बार ताकेता गर्ने,लामो समय महसुल नतिर्ने अटेरी ग्राहकको धारा काटने जस्ता कार्यपनि गर्दै आएको छ। गुनासो लिएर आउने सेवाग्राहीको गुनासो सुन्ने र तत्काल समाधान गर्ने गुनासो समाधान गरिदिने,आफ्नो बजेट,स्रोत साधन र जनशक्तिले नसक्ने काम भए माथिल्लो निकायमा पठाएर समस्या समाधानका लागि पहल गर्ने काम शाखा प्रमुखबाट हुँदै आएको अनुभूति सेवाग्राहीले गरेको सुनिएको छ। डा. चापागाई शाखा प्रमुख भएपछि दर्जनौं ठाउमा पुराना,जिर्ण र चुहिएका पाइप लाइनहरू फेरिएका छन। नयाँबस्तीहरूमा पाइपलाइन निर्माण गरि पानी वितरणको व्यवस्था मिलाएको देखिन्छ। पहिलाको तुलनामा अहिले ललितपुर महानगरपालिका, गोदावारी नगरपालिका र महालक्ष्मी महानगरपालिकाको १५ नंम्बर वडामा निर्धारित समयमा पानी नआएको, बिग्रिएका पाइप नफेरिएको, बिग्रिएका भल्व मर्मत नभएका गुनासाहरू सुनिन छाडेको छ। पानी मानिसको दैनिकिमा नभइनहुने बस्तु हो। पानी विना मानिसको जीवन बाच्न सक्दैन। मानिसको जिवनमा छिनछिनमा पानी चाहिन्छ। त्यसैले जति सकिन्छ आलोपालो गरि सबै क्षेत्रमा समानुपातिक ढंगले पानी वितरणको व्यवस्था मिलाइएको शाखा प्रमुख डा. चापागाईले बताउनु भयो।

हाम्रा पतिनिधिले जावलाखेल शाखामा आएका ललितपुर महानगरपालिका ५ का ग्राहक जुजुभाई महर्जनलाई पानी वितरण अवस्था कस्तो पाउनु भएको छ भनी प्रश्न गर्दा अहिले तोकिएको समयमा तीन घण्टा पानी नियमित आउने,महसुल तिर्न पनि भिडभाड नभएको, मर्मत सम्भारको कामपनि निवेदन दिएको र गुनासो गरेको दुई( तीन दिन भित्रै हुने गरेको भन्दै खुशी व्यक्त गरेका छन। उनले केयूकेएलका कर्मचारीको आचरण,व्यवहार,काम गर्ने शैलीमा सुधार भएको सेवाग्राहीहरूले बताउने गरेका छन। अप्रयाप्त बजेट,प्राविधिक जनशक्तिको कमी,स्रोत साधनको अभाव,ठुलो कार्यक्षेत्र हुँदा चाहेर पनि सेवाग्राहीले भनेकै दिन मर्मत सम्भार गर्न नसकिएको शाखा प्रमुख डा. चापागाईले बताउनु भयो।
प्ष्
केयूकेएलले चापागाउँ वितरण प्रणालीको पुरानो टयांकीबाट पनि सहज रूपमा पानी वितरण गर्दै आएको छ।
चापागाउँ, झरुवारासी, ठेचो, धापाखेल, सुनाकोठी लगायत पाटनका बासिन्दाले यो पानी उपभोग गर्दै आएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०६२ मा जारी गरेको पिउने पानी सुरक्षित पार्न ब्लिचिङ पाउडर प्रयोग गर्ने विधिमा हजार लिटर पानीमा २।५ ग्राम र १ लिटरमा ३ थोपा क्लोरिन झोल राख्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । एक चिया चम्चा ब्लिचिङ पाउडर ५ ग्रामको हुन्छ । क्लोरिन हालेको आधा घण्टापछि मात्र पानीको प्रयोग गर्नुपर्दछ। पाउडरको छोक्रा निकाली डोजिङ मेसिनमा हालेर तरल मात्र पानीमा हालिने गरिन्छ । केयूकेएलले यस्तो मापदण्डलाई पुर्ण रूपमा पालना गरि मापदण्ड अनुसार ब्लिचिङ पाउडर हाली पानी शुद्धीकरण गर्दै आएको डा. चापागाई बताउनु हुन्छ।

केयूकेएल अन्तर्गत खानेपानी परीक्षण गर्ने छुट्टै ल्याब छ,ल्यावलाई सकृय बनाइ बेलाबेलामा पानी परिक्षण गरि ब्लिचिङ पाउडरको मात्रा जाँच्ने र मापदण्ड अनुसार मिलाउने गरेको शाखा प्रमुख डा। चापागाईले बताउनु भयो। डोजिङ मेसिन पुरानो भएकालेबेलाबेलामा बिग्रने गरेपनि समयमै ममर्त गरि गुणस्तरिय पानी वितरण गरिदै आएको डा. चापागाईले बताउनु भएको छ ।

केयूकेएलले मूलडोलस्थित इनारको पानी पनि नियमित रूपमा परीक्षण गरि वितरण गर्दै आएको छ । यसको अनुगमनमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पनि गर्दै आएको शाखा प्रमुख डा। चापागाईंले बताउनु भयो । कार्यालयका प्रमुख डोल प्रसाद चापागाईले खानेपानी हेर्ने छुट्टै शाखा रहेको र शाखा प्रमुखलाई अनुगमन गर्न निर्देशन दिने गरेको बताउनु भयो।

ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार इनारको पानीमा अक्सिजन कम हुने गर्दछ र इनारको पानी वितरणपूर्व पिउनयोग्य छ वा छैन भनी नियमित जाँच्नु गर्नु पर्दछ। जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत भन्छन ( ूदुषित पानी प्रयोगले हेपाटाइटिस ए र ई ९जन्डिस०, झाडापखाला, आउँ, टाइफाइड, हातखुट्टा लुलो हुनेजस्ता रोग लाग्न पनि सक्छ।ू तसर्थ पानी दुषित हुन नदिन र शुद्विकरणको सम्पुर्ण प्रकृया अपनाएर बेलाबेलामा पानीको शुद्वता परिक्षण गरेर खानेपानी वितरण गर्दै आएको दाबी शाखा प्रमुख डा। डि पि। चापागाईको रहेको छ। केयूकेएल जावलाखेल शाखाका अनुसार केयूकेएलको चापागाउँ वितरण प्रणालीबाट दैनिक २५ लाख लिटर पानी पाटन क्षेत्रमा पठाइने गरेको छ ।
प्ष्
भूमिगत पानीमा भएको किटाणु ९जम्स० मार्न कतिपय उद्योगमा क्लोरिनेशन गर्ने गर्छन । पानीमा भएको क्लोरोनले पनि शारीरिक रुपमा असर गर्ने गर्दछ। “खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले पनि पानीको परीक्षण राम्रोसँग नगरी पास गर्ने गर्छ,”। ५०–१५० मिलिग्राम टिडीएस भएको पानी पिउन योग्य मानिन्छ। १५०–२५० मिलिग्राम टिडीएस भएको पानी खेलाडीका लागि उपयुक्त हुने गर्दछ। २५०–५०० मिलिग्राम टिडिएस भएको पानीले स्वास्थ्यलाई असर गर्ने शाखा प्रमुख चापागाईले बताउनु भयो ।

भूमिगत पानीमा सोडियमको मात्रा बढी हुने गर्दछ । सोडियम बढी भएको पानीले पनि स्वाथ्यलाई असर गर्ने गर्दछ । पिएच लेबललाई ब्यालेन्स गर्न क्याल्सियमको मात्रा बढी भएको पानीले शरीरलाई फाइदा पुरयाउँछ । पानीमा आवश्यक मिनरल जस्तै क्याल्सियम, आइरन, म्याग्नेसियम प्रतिलिटर ०.३ मिलिग्राम हुन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको डा चापागाईंले बताउनु भयो। पिउने पानीमा मर्करी, रेडियम, आर्सेनिक जस्ता हानिकारक तत्वहरु ०.०१ मिलिग्राम भन्दा कम हुनु पर्दछ । लामो समयसम्म आर्सेनिकयुक्त पानी पिउँदा छालामा फोका निस्कने, गाठा आउने, टाइफाइट र पेट सम्बन्धि रोग लाग्न सक्ने डा.चापागाईको भनाइ छ ।

बर्खाको समयमा पहाडी क्षेत्रमा पाइने ‘एसिड रेन’ले पनि पानीको स्वाद बढाउने रसायन शास्त्रका प्राध्यापक जयनारायण मित्रुका बताउछन । भूमिगत श्रोतको पानी ३ प्रतिशत मात्र स्वच्छ हुने प्राध्यापक मित्रुकाको भनाइ छ । भूमिगत पानीको जम्सलाई मार्न शुद्धिकरण गरेर मात्र बजारमा बिक्री गर्नु पर्दछ । ७ पिएच भन्दा माथिको पानी स्वादिलो र लामो समयसम्म पिउन योग्य हुने केयूकेएल जावलाखेल शाखाका प्रमुख डि। पि। चापागाईले बताउनु भयो । पानीबाट मानिसलाई प्रत्येक दिन १०० देखि २०० मिलिग्राम क्याल्सियम र ४०–८० मिलिग्राम म्याग्नेसियम आवश्यक हुन्छ । एक तथ्याङ्क अनुसार नेपालमा सिँचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत पानी प्रयोग भएको पाइन्छ । नेपालको ८ देखि १० प्रतिशत मानिसको पहुँचमा मात्र मुहानको पानी रहेको चापागाईले बताउनु भयो । बाँकी मानिस जमिन मुनीबाट तानिएको असुरक्षित पानी उपभोग गर्न बाध्य भैरहेका छन् ।

केयूकेएलका अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्दछ। यो आधारमा उपत्यकाका करिव ४० लाख जनसंख्यालाई दैनिक ४५ करोड लिटर पानी आवश्यक पर्ने देखिन्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १२(१३ करोड लिटर मात्रै उपलब्ध रहेको छ । यो मध्ये २५ देखि ३० प्रतिशत पानी चुहिएर सकिने गरेको छ ।

त्यसैले उपभोक्ताको धारामा ६ देखि ७ करोड लिटर पानी मात्रै पुग्दछ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पानी पर्ने अनुमान छ । तर उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले काठमाडौं उपत्यकाभरि जटिल समस्या उत्पन्न हुँदै गएको छ । केयूकेएलले उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको पाइन्छ । जमिनमुनिको पानी पनि १०० ठाउँबाट उत्पादन निकालिएका छन । यी सबैबाट दैनिक करिव १२ करोड लिटर पानी मात्र उत्पादन हुन्छ । तर माग ४५ करोड लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटर पानीले कसरी धान्न सक्छ,’ केयुकेएलका जावलाखेल शाखा प्रमुख चापागाई बताउनु हुन्छ ।

ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा भने अहिले पानी वितरणमा केही सुधार भएको छ,निर्धारित समयमा नियमित पानी आइरहेको सेवाग्राहीको प्रतिक्रया सुन्न पाइन्छ।

२१,पुष.२०७८,बुधबार १४:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्