सालकको खपटासहित कोटेश्वरबाट दुईजना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कोटेश्वरबाट सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामप्रसाद राई गाँउपालिका-४ भोजपुरका रुक्मणबहादुर बुर्जामगर र मिक्लाजुङ गाँउपालिका-८ पाँचथरका भबिन्द्रबहादुर मगर रहेको
ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

उनीहरुको साथबाट प्रहरी डेढ किलो सालकको खपटा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको ब्‍यूरोले जनाएको छ ।

२१,पुष.२०७८,बुधबार १६:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्