नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाँबाट संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल निमोनियाँबाट संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन् ।

पौडेलनिकट नेविसंघ नेता शुशिल भट्टका अनुसार महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनियाँ देखिएको भट्टले जानकारी दिए ।

पौडेल केही समयअघि कोरोनाबाट पनि संक्रमित भएका थिए । कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए ।

महामन्त्रीमा पराजित भएका पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् ।

२२,पुष.२०७८,बिहीबार १२:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्