खानेपानी प्रशाेधन केन्द्र महाङकालचाैर पाेखरीकाे नियमित सरसफाई (भिडियो सहित)

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) ले आफ्ना पानी प्रशाेधन केन्द्रहरूमा रहेका पाेखरीहरूमा नियमित रूपमा सरसफाई गर्दै आएकाे छ।

खानेपानी दुषित नहाेस, जिवजन्तु र किटाणुहरू जिवित रहन नसकुन भनेर प्रशाेधन केन्द्रमा नियमित सरसफाई गरिरहने गर्दछ। गत पुस ४ गते यमरी पुर्णे,धान्याञ्चल पुर्णिमाकाे दिन केयूकेएलकाे महाङकालचाैर शाखा अन्तर्गतकाे चुच्चेपाटी महाङकालचाैरकाे पानी प्रशाेधन केन्द्र, रिजर्भ पाेखरीकाे सरसफाई कार्यक्रम केयूकेएलका महाप्रबन्धक मिलन शाक्य,शाखाका प्रमुख, विज्ञ प्रविधिक र अन्य उच्च अधिकारीहरूकाे उपस्थितिमा सरसफाई भएकाे थियाे।

यसरी आवश्यकता अनुसार केयूकेएलले पानी प्रशाेधन केन्द्रका पाेखरीहरूकाे सरसफाई,मर्मत सम्भार गरि पानी शुद्विकरण गरि सेवाग्राही उपभोक्ताहरूका घरघरका धारामा स्वच्छ खानेपानी पुरयाई वितरण गर्दै आएकाे छ। यसरी नै महाराजगन्ज,बालाजु,किर्तिपुर,बाेडे,चापागाँउ लगायतका पानी पाेखरी र पानी प्रशाेधन केन्द्रहरूकाे सरसफाई गर्दै आएकाे केयूकेएलका एक प्राविधिकले बताए।

२२,पुष.२०७८,बिहीबार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्