काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

गुट बिर्सिएर स्थानीय तहको चुनावमा केन्द्रित हुनुपर्छ : डा.डिला संग्रौला

5.02K
shares
khanepani bord

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले गुट बिर्सिएर तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

विराटनगरमा विहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनको प्रक्रियामा पार्टी नेतृत्वका लागि भएको स्पर्धामा बिजेता र उपविजेताहरु एकजुट भएर निर्वाचनमा केन्द्रित हुनुपर्ने बताइन् ।

उनले पार्टीको महाधिवेशन सकिसकेकाले गुट-उपगुट बिर्सेर तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘अब तीनै तहका निर्वाचनमा अर्जुनदृष्टि लगाउनुपर्छ,’ उनले भनिन,‘ अब मुलुकलाई नयाँ ढंगले अघि बढाउने जिम्मेवारी कांग्रेसको हो ।’

तीनै तहको निर्वाचन नजिकै आइपुगेकोले देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन कांग्रेसको नेतृत्व जरुरी रहेको उनको भनाइ छ ।

IME
khanepani