काठमाडौंको एक घरमा युवक,युवती मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् ।

बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।

बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

२३,पुष.२०७८,शुक्रबार ०८:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्