काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु

5.55K
shares
khanepani bord

न्युयोर्क ।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र कोभिड अस्पताल भरिएको बताएका छन् ।

‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ । यसको अर्थ यो होइन कि यसलाई हल्क भनेर वर्गीकरण गर्नु हुदैन्, ’ घिब्रिससले भने । अन्य भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उनको भनाई छ । ‘यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,’ उनले भने ।

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उनको भनाई छ ।

IME
khanepani