एमाले हुम्लाको अधिवेशन माघमा सरुवा भयो

सिमकोट। नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन एक महिना लागि पछि सरेको छ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने भनिएकामा हुम्लामा २३ माघका लागि मिति तय भएकाे छ ।

सिमकोट बसेको जिल्ला कमिटीको बैठकले आगामी २३ माघमा अधिवेशन आयाेजना गर्ने निर्णय गरेको जिल्ला सचिव पूर्ण ढकालले जानकारी दिए ।

बिहिबार बिहानदेखि सिमकोट लगायतका स्थानमा बाक्लो हिमपात भएको छ ।

बाँकी ६१ जिल्लामा भने आज अधिवेशन हुँदैछ ।

२३,पुष.२०७८,शुक्रबार १०:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्