एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको ‘वार रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको ‘वार रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।

हिमाली जिल्लालगायत केही जिल्लामा अधिवेशन पछि हुने महासचिव शंकर पोखरेलले बताए । आज ६३ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएका छन् ।

पार्टीका शीर्ष नेताहरू विभिन्न जिल्लामा केन्द्रित भएका छन् । आज अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एकैपटक ६३ जिल्ला अधिवेशन उद्घाटनपछि भौतिकरूपमा सम्बोधन गर्न काभ्रे जाँदैछन् ।

२३,पुष.२०७८,शुक्रबार १२:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्