विकाशका मुद्दामा साझा सहमति बन्नुपर्छ : नेता पोखरेल

महोत्तरी । माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षा मन्त्री गिरिराजमण्ीि पोखरेलले विकाशका मुद्दामा सबै राजनीतिक दलको साझा सहमति हुनुपर्ने बताएका छन् ।

बर्दिवास अस्पताल र धुलिखेल अस्पतालबीच आज हुन गइरहेको साझेदारी छलफलमा नेता पोखरेलले राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि पिकाशका बिषयमा साझा सहमति बनाउनु पर्ने जोड दिए । छलफलबाट बर्दिवास अस्पताल र धुलिखेल अस्पतालबीच नैतिक साझेदारी गर्ने विषयमा निष्कर्षसमेत निकालिएको छ ।

धुलिखेल अस्पतालबाट आएका चिकित्सक विराट पन्तले बर्दिवास अस्पतालको विकाशका लागि जुनसुकै सहयोग गर्ने र यसकालागि द्धिपक्षीय सम्पर्क रहिरहनु पर्ने उनले बताए ।

नेता पोखरेलले बर्दिवास अस्पताललाई एउटा उचाई पु¥याउन लागी परेको बताउँदै धरान अस्पतालसँग पनि सहकार्यका लागि छलफल भइरहेको बताए । अस्पताललाई आवश्यक पर्ने जनशक्ति र पारीश्रमिकका विषयमा अस्पताल व्यवस्थापन समितिले तत्काल कार्यविधि तयार गरी छलफल गर्न उनले निर्देशनसमेत दिए ।

उनले अस्पताल विकाशको लागि सामुदायिक सहयोगको समेत अपेक्षा गरे । ‘अस्पतालको भौतिक र गुणस्तरीय विकाशको लागि सामुदायिक प्रतिबद्धता र सहयोगको जरुरत पर्छ ।’ उनले भने ।

अस्पतालका कर्मचारीहरूलाई बाहिर नकारात्मक टिकाटिपणी नगर्न समेत उनले आग्रह गरे । अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई लक्षित गर्दै उनले भने, ‘चित्त नबुझेका बिषयमा जनप्रतिनिधिहरूसँग छलफल गराँै, तर बाहिर टिक्काटिपणी नगरौ ।’

अस्पतालमा २४ घण्टा सुविधा सुरु गरिएको छ भने दैनिक चारदेखि पाँचजनाको प्रसुति भैइरहेको छ । अस्पतालमा ४० जना कर्मचारी र चिकित्सक छन् । अस्पतालमा ओपिडी र इमरजेन्सी दुबै सेवा छ । दैनिक दुई सय बिरामी आउने यो अस्पताल जिल्ला कै पहिलो कोभिड अस्पताल पनि हो ।

२४,पुष.२०७८,शनिबार १३:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्