काठमाठौ । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्तीको अवसरमा उनको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।
उनका संवाद सचिव फणिराज पाठकका अनुसार हरेक वर्ष माल्यार्पण गर्दै आएका पूर्वराजाले यसवर्षको पृथ्वी जयन्तीमा पनि सिंहदरबारको मूल गेटमा गएर माल्यार्पण गर्ने कार्यक्रम छ ।
मंगलबार दिउँसो साढे १२ बजे माल्यार्पण गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए । पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राप्रपाले माग गरेको छ भने पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न विवेकशील साझा पार्टीले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्