भोलिबाट मात्रै विद्यालय बन्द हुने, विश्वविद्यालयका परीक्षा नरोकिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सबै आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माका अनुसार वार्षिक विदामा मिलान गर्नेगरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

विदाको समयमा १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा गएर खोप लगाउन पनि आग्रह गरेको छ ।

२६,पुष.२०७८,सोमबार १४:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्