प्रदेश र स्थानीय सरकारको पुँजी पनि सहकारीमा लगानी हुनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्नेमा जोड् दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभालाई सोमबार जनकपुरधाममा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय सरकारको पनि पूँजी लगानी भए जनता अझ बढी लाभान्वित हुने बताए ।

ग्रामीण जनताको आयस्तर उकास्न र जीवनशैली परिवर्तनमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सहकारी सम्बन्धी ऐन ल्याएर सरकारले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । सहकारी विज्ञहरुसँग छलफल गरेर प्रदेश सरकारले सहकारी सम्बन्धी ऐन ल्याउने उनले बताए ।

यस्तै कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड धनुषाका सल्लाहकार शिवचन्द्र चौधरीले समाजमा गर्नुपर्ने योगदान सहकारीले अझै गर्न नसकेको गुनासो गरे ।

२६,पुष.२०७८,सोमबार १५:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्