कम्युनिष्ट खोल ओडेका पार्टीहरु दक्षिणपन्थीको सेवामा समर्पित भए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका दल बामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा समर्पित भएको बताएका छन् ।

एमाले संखुवासभाको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै ओलीले आफूलाई बामपन्थी भन्लै प्रतिक्रियावादीहरुको खेममा अलमल नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

देशमा परिवर्तन चाहाने एकमात्रै बामपन्थी पार्टी एमाले भएको उल्लेख गर्दैै उनले भने, ‘बामपन्थी खोल ओडेका पार्टीमा साथीहरु अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहाने, देशमा उन्नती प्रगति चाहाने, समामाजिक न्याय र समानता दिलने पार्टी हो । बामपन्थी खोल ओडेर प्रक्रियावदी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिाणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’

अध्यक्ष ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेपनि त्यसलाई पूरा गर्न नदिन विभिन्न बाधा अवरोध भइरहेको बताए ।

विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र, कांग्रेस लगायत पार्टीपरित्याग गरि एमाले बुझेर नै प्रवेश गरेको बताए ।

उनले एमाले प्रवेश गरेपनि कहिलेपनि कुनै पश्ताचाप नहुने पनि बताए । एमालेको कार्यकर्ता हुनु गौरवको विषय भएको ओलीको भनाई छ ।

२६,पुष.२०७८,सोमबार १५:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्