एकैदिन १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २५५ जना संक्रमणमुक्त, २ जनाको मृत्यु
वि.सं.२०७८ पुस २६ सोमवार १६:५३
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप 1४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।
























