राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।

२७,पुष.२०७८,मंगलवार ११:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्