आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो

Anjita Karki
anjita.karki@nepalijanta.com

काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

यो पनि पढ्नुहोस  राष्ट्रियसभा अध्यक्ष एकैदिन दुईवटा संसदीय समितिको बैठकमा सहभागी
२७,पुष.२०७८,मंगलवार १२:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: