कोरोना भाईरस संक्रमणको जाेखिम बढेसँगै एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ । कोरोना भाईरस संक्रमणको जाेखिम बढेसँगै नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ ।

यसअघि माघ ८ मा तोकिएको अधिवेशन माघ २८ र २९ मा सारिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेको अधिकारीको भनाइ छ । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइको उनले बताए ।

एकसातायता देशभरी नै काेराेना संक्रमण दर बढेको छ । सरकारले समेत २५जना भन्दा बढी भेला नहुन आग्रह गरेको छ । शैक्षिक संस्था बन्द भएका छन् ।

२७,पुष.२०७८,मंगलवार १४:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्