काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

मोरङमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

4.26K
shares
khanepani bord

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय निश्चल बानियाँ रहेका छन् । उनी नेपाल दर्शन कलेजका विद्यार्थी हुन् ।

बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई आज बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालक मोहन तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

IME
khanepani