बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा तोलामा ६ सयले बढ्यो

काठमाडौ । बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

२८,पुष.२०७८,बुधबार ११:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्