काठमाडौं । ३०० औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिकमा ‘ग्रेटर नेपाल’ को नक्शा राखिएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले हिजो पृथ्वी जयन्ती मनाउने क्रममा सो नक्शा राखेको हो ।
मोर्चाले सुगौली सन्धिपछि भारतमा गाभिएका नेपाली भूभागहरु समेटेर केही समयअघि ग्रेटर नेपालको नक्शा ल्याएको थियो । सो नक्शाबमोजिमको जमिन भारतले नेपाललाई फिर्ता दिनुपर्ने मोर्चाको मुख्य माग छ ।
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण गरेर मेचीपारिसम्म नेपालको सिमाना कायम गरेका हुँदा सम्मानस्वरूप उनको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताए ।
मोर्चा सधै पृथ्वीनारायण शाहको पदचिन्हमा हिँड्ने उनको भनाइ थियो ।
सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत नियालेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्