काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

वीर अस्पतालको प्रमुखमा डा. लोहनीले जिम्मेवारी पाएपछि कर्मचारीहरू विरोधमा उत्रिए

4.94K
shares
khanepani bord

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा. गुणराज लोहनीलाई जिम्मेवारी दिएपछि कर्मचारीहरू विरोधमा उत्रिएका छन् ।

नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरू विरोधमा उत्रिनु परेको वीर अस्पताल युनियनका कर्मचारीका सचिव दीपक मुडभरीले जानकारी दिए ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले डा. लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै धर्ना दिएका छन् । ‘पटकपटक पदाधिकारी परिवर्तन मात्र समस्याको समाधान होइन, वीर अस्पतालको विकास देख्न नचाहनेहरुलाई नै प्रमुख पदको मोह किन ?, अस्पतालका पदाधिकारीले बुझ्न नसकेको समस्या बाहिरबाट आउनेले कति बुझ्लान ?, कर्मचारीको समस्या जस्ताको त्यस्तै पदाधिकारी परिवर्तन किन यति सस्तो ?, लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

कर्मचारीले वीर अस्पताल बाहिरबाट आउने प्रमुखलाई नमान्ने बताउँदै आएका छन् । अस्पतालको विकास देख्न नचाहने व्यक्तिलाई नै सरकारले प्रमुख बनाएको कर्मचारीहरुको भनाइ छ ।

कर्मचारीको समस्या समाधान गर्ने, अस्पतालको सुधार र विकासका लागि काम गर्ने र दीर्घकालीन योजना भएका व्यक्तिलाई अस्पतालको प्रमुख बनाउनुपर्ने उनीहरूको माग छ ।

‘विगतमा १२औं तहमा डा. लोहनी बढुवा हुँदा मन्त्रालयले सरुवा गर्न खोज्दा आर्थिक तथा प्रशासनिक रुपले कमजोर भएको वीर अस्पताल आउन चाहनु भएको थिएन । तर, भुपेन्द्र बस्नेतले नेतृत्व सुधार गरेपछि डा. लोहनीको पाँच महिना सेवा अवधि हुँदा वीर अस्पताल आउनुको कारण के हो ?,’ मुडभरीले भने, ‘स्वास्थ्य मन्त्रालयमा रहँदा नै वीर अस्पतालको विरोध गर्नु हुन्थ्यो । त्यस्तो व्यक्तिलाई नियुक्त गरेर ल्याउने प्रयास भएको छ । त्यसको विरोधमा नै हामी धर्नामा बसेका हौँ ।’

स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा डा. लोहनी न्याम्स विरोधी गतिविधिमा संलग्न रहेको उनीहरुको आरोप छ । उनीहरुले कर्मचारी र अस्पतालका समस्या बुझेका व्यक्तिलाई अस्पताल प्रमुखमा ल्याउन र त्यस्ता व्यक्ति अस्पताल भित्रैबाट नियुक्त गर्न पनि माग गरेका छन् ।

IME
khanepani