काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट...

पुरा पढ्नुहाेस्

स्वास्थ्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप, वीर अस्पतालका डा.लोहनीको सरुवा रोकियो

5.66K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेपपछि वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले पठाएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ ।

५ महिना सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै कर्मचारीले प्रवेश नदिने भनेर आन्दोलन गरेका थिए ।

यो पनि पढ्नुहोस् : नवनियुक्त निर्देशकलाई छिर्न नदिने भन्दै वीर अस्पतालका कर्मचारी प्रदर्शनमा

१२ औं तहका विशिष्ठ श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका बरिष्ठ नेताहरुले समेत देउवाको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीको आदेशमा लोहनीको सरुवा रोकिएको हो ।

अब डा.भुपेन्द्र बस्नेत नै वीरको निमित्त प्रमुख कायम भएका छन् ।

लोहनीलाई वीर अस्पतालको प्रमुखमा सरुवा गरिएपछि कर्मचारीले प्रवेश निषेध गर्ने भन्दै आन्दोलन थालेका थिए । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री देउवासँग आपत्तिज जनाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच समेत यस विषयमा कुरा भएको स्रोतले जनाएको छ ।

IME
khanepani