काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

भट्टराई निजामती कर्मचारी युनियनकाे सचिवमा उठ्ने

5.41K
shares
khanepani bord

नेपाली कांग्रेस निकट कर्मचारीहरूको साझा संस्था नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनबाट युनियनको केन्द्रीय नेतृत्वमा आउन उम्मेदवारी घोषणा हुने क्रम सुरु भएको छ ।

राजनीतिशास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्वअध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्वअध्यक्ष रहिसकेका प्रकाश भट्टराई केन्द्रीय सचिवमा उम्मेदवार बन्ने बताएका छन् ।

“मैले अझै यही पदमा उठ्ने भनेर निर्णय गरिसकेको छैन, देशभरका साथीहरूसँग सल्लाह गर्दैछु,” न्यूज काराखानासँग भट्टराईले भने, “केही दिनमा केन्द्रीय नेताहरूसँग समेत परामर्श गरी उम्मेदवारी घोषणा गर्नेछु । सम्भवत: मेरो उम्मेदवारी केन्द्रीय सचिवमा हुनेछ ।”

आफूले उम्मेदवारी घोषणा गरिनसकेको भए पनि मानसिकता बनाइसकेको भट्टराईले बताए । “मैले उम्मेदवारी घोषणा नै गरिसकेको त होइन तर मेरो उम्मेदवारी सचिवमै हुनेछ । केही दिनमै घोषणा हुनेछ,” भट्टराईले भने ।

कर्मचारी युनियन अर्घाखाँचीको अध्यक्ष हुँदा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झण्डै दोब्बर मतले विजयी बनाएका भट्टराई कर्मचारी वृत्तमा निकै लोकप्रिय छन् । भट्टराई राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान (नायब सुब्बा बचाउ अभियान) को नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन्।

८, ९ र १० माघमा काठमाडौंमा हुने महाधिवेशनमा जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ । कोभिडको संक्रमण तीव्र हुँदै गर्दा सरकारले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम नगर्न आग्रह गरेको भए पनि स्वास्थ्य मापदण्ड पूरा गरी तोकिएकै मितिमा महाधिवेशन गरिने युनियनले जनाएको छ ।

IME
khanepani