नेकपा एमाले का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण
वि.सं.२०७८ पुस ३० शुक्रवार १२:३४
shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।
‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’
पोखरेल एमाले जिल्ला अधिवेशनको क्रममा प्रदेश २ को दौडधुपमा थिए ।
























