काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

सप्तरीमा तीन दिनमा तीन न्यायाधीशसहित २० जनामा कोरोना पुष्टि

5.23K
shares
khanepani bord

काठमाडौ । सप्तरीमा तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार १६ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।
उनले भने, ‘तीन दिनमा २० जनामा संक्रमण पुष्टि भएको छ ।’

ज्वरो आउनेको संख्या जिल्लामा एकदमै बढ्दै गएको जानकारीमा आए पनि पीसीआर टेस्ट गर्न भने सर्वसाधारण एकदमै कम आउने गरेको बताइएको छ ।

संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । उनले जिल्लाको कुनै पनि आइसोलेसन तयारी अवस्थामा नरहेको बताए । राजविराज नगरपालिकासहित जिल्लाका गाउँपालिका नगरपालिकामा तत्काल आइसोलेसन निर्माण गर्ने विषयमा छलफल भइरहेको यादवको भनाइ छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमामा पीसीआर परीक्षण भइरहेको जानकारी समेत यादवले दिए ।

IME
khanepani