बुटवलमा सडक किनारको खाल्डोमा एक युवक मृत फेला

बुटवल । रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेका छन् ।

गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ आज बिहान मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।

उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

२,माघ.२०७८,आईतवार ११:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्