जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीको कर्मचारी भर्नाको विरोध गरेका छन् । लोकसेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभावी गरेको उनको दाबी छ ।
केन्द्र सरकारले नेकपा एकीकृत समाजवादीसम्वद्ध निरन्जन झालाई रेल्वे कम्पनीका महाप्रबन्धक बनाएको थियो । झा नेतृत्वको रेल्वे कम्पनीले जयनकपुर–जनकपुरधाम–कुर्थासम्म रेल सञ्चालन गर्न हालै मात्र ६० जना कर्मचारीलाई नियुक्त गरेको छ ।
आइतबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव लोक सेवा आयोगको परीक्षामार्फत कर्मचारी भर्न गर्न बाध्य पार्न आन्दोलेन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्