व्यवसायिक क्षेत्रका अग्रपंक्तिका कर्मचारीले अब हप्तामा दुई पटक कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमितसेवा दिने व्यवसायिक क्षेत्रका कर्मचारीहरुले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।

अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बन्धित निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकाय वा संस्था आफैंले गर्नु पर्नेछ ।

२,माघ.२०७८,आईतवार १७:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्