एमालेको रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिए

काठमाडौं । नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन् ।

नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको नेता प्रभु साहले जानकारी दिए ।

यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।

प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।

३,माघ.२०७८,सोमबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्