चलचित्र विकास बोर्डका पाँच कर्मचारी कोरोना संक्रमित, अध्यक्ष दाहाल काममा फर्किए

काठमाडौं । चलचित्र विकास बोर्डका पाँचजना कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष दयाराम दाहाल समेत बिरामी भैसकेर अहिले निको भएका छन् ।

संक्रमण पुष्टि भैसकेका कर्मचारी होम आइसोलेसनमा छन् भने अन्य कर्मचारीले कार्यालयबाटै कोभिड मापदण्ड अपनाउँदै काम थालेका छन् । अध्यक्ष दाहाल निको भएपछि नियमित काममा फर्किएका छन् ।

‘अहिलेसम्म पाँचजना स्टाफलाई भाइरस संक्रमण पुुष्टि भएको छ । म चाहिँ काममा फर्किएको छु’ अध्यक्ष दाहालले भने, ‘हामीले सतर्कता अपनाएर काम गरिरहेका छौं ।’

तर, फिल्म हलहरु बन्द भएपछि बोर्डमा दैनिक प्रशासिन कामहरु भने निरन्तर भैरहेका छन् । दोस्रो लहरको बेला पनि बोर्डका कर्मचारी संक्रमित भएका थिए ।

३,माघ.२०७८,सोमबार १४:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्