काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

श्रममन्त्री श्रेष्ठका सय दिनमा गरेको ३४ बुँदे प्रमुख कार्यप्रगति सार्वजनिक

3.93K
shares
khanepani bord

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

मन्त्रालयमा नै पत्रकार सम्मेलन गरेर कार्यप्रगति सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरिए पनि मन्त्रालयका कर्मचारीमा नै कोरोना संक्रमण भएपछि मन्त्री श्रेष्ठले लिखित रुपमा आफुले गरेका सय दिने कामको प्रगति सार्वजनिक गरेका हुन् ।

मन्त्री श्रेष्ठले सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दावी गरेका छन् ।

उनले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको पनि बताएका छन् ।

वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने ति मुलुकसँग श्रम सम्झौताको पहल गर्ने, यस क्षेत्रमा गरिएका नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा तरंग ल्याएको र आम नागरिकमा नयाँ आशा पलाएको मन्त्री श्रेष्ठको दावी छ ।

श्रम बजारको सम्भावित विकाससँगै जनशक्ति उत्पादनको योजना मन्त्रालयले बनाएको, सीप विकास गरेर कूटनीतिक पहलमा विश्व श्रम बजारमा नेपाल प्रतिस्पर्धी बन्न सक्नुपर्नेमा मन्त्रालयको जोड रहेको छ ।

निष्ठापूर्वक आफ्नो काममा आफु प्रतिबद्ध र दृढ रहेको बताउदैँ मन्त्री श्रेष्ठले जनताले आफुप्रति देखाएको विश्वास कायम राख्न आफु निरन्तर प्रयास गरिरहने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

आफुले एक सय दिन उपलब्धीपूर्ण र सफलतापूर्वक सम्पन्न भएको महसुश गरेको पनि बताएका छन् ।

वैदेशिक रोजगारी तथा श्रमको क्षेत्रमा सुधार गर्न, सुशासन र भावी योजनाको मार्गचित्रको प्रारुप अघि बढाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्‍याउने सबैलाई पनि उनले धन्यावाद ज्ञापन गरेका छन् ।

मन्त्री श्रेष्ठले गत असोज २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

IME
khanepani