जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो

जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् । सांसदको पुत्ला जलाउँदै यूवाहरुले ‘८ जिल्लाको मधेस प्रदेश मान्दैनौं, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ जस्ता नारा लगाएका छन् ।

प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो । ‘मधेस प्रदेश’ नाम र जनकपुरधाम राजधानी तय भएको खुशियालीमा सोमबार साँझ अर्को एक युवाको समूहले दीपावली गरेको थियो ।

मधेस सरकारले आज यहाँ सार्वजनिक विदासमेत दिएको छ ।

४,माघ.२०७८,मंगलवार १४:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्